आज २०८० असाेज १४ गते आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० असाेज १४ गते आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असाेज १४ गते, आइतवार, १ अक्टाेबर २०२३। आश्विन कृष्णपक्ष द्वितीया तिथि, १२ः१२ बजेपछि तृतीया। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध भने अधिक सुखद् रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्नेछ ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको समय उत्साहवर्द्धक नै रहला । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापारमा लाभ समेत हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ, तर साँझमा भने काम बन्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परीक्षा तथा शिक्षामा सफलता मिल्नेछ । घरजग्गाको कारोबारमा समेत सफलता मिल्नेछ 

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

Recent Comments

No comments to show.