काठमाडौं। कुमारी बैंक लिमिटेडले एकैपटक ५ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा शाखा विस्तार गरेको हो ।
बैंकले आजदेखि काठमाडौंको सितापाइला, डल्लु र कपन तथा ललितपुरको भैसेंपाटी र टौखेलमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुऱ्याउने उद्देश्यले नयाँ शाखाहरू विस्तार गरिएको बैंकले जनाएको छ । साथै, आगामी दिनमा थप शाखाहरू विस्तार गर्दै आधुनिक बैंकिङ सेवा पुऱ्याउने बैंकको योजना छ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईहरू मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया