बागमती एमालेको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा पाँच प्रतिस्पर्धी

बागमती एमालेको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा पाँच प्रतिस्पर्धी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

मतदान दिउँसो १ बजेबाट मात्रै सुरु गर्ने तयारी रहेको अध्यक्ष मण्डलका सदस्य एवं पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। गए रातभर उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका काम भएकाले मतदान ढिलो हुन लागेको उनले बताए। 

उनका अनुसार ५ पदाधिकारीसहित २४० सदस्यीय कमटीका लागि ५०० भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारलाई आज बिहान उम्मेदवारी फिर्ताको समय दिइएको छ। 

त्यसपछि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदान गर्ने तयारी भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्न केही समय लाग्नेछ। अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, इश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन्। दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ।

Recent Comments

No comments to show.