काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ६० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९५० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढेर ९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया