काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका नवनिर्वाचित अध्यक्ष दिनेश श्रेष्ठले जनता देशमा पैसा नभएर हैन काम नपाएर विदेशीन बाध्य भएको बताएका छन् ।
आज नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “सरकारले करको शीर्षक बढाउँदा कर विचलन भएको छ । करको दर कम भए विचलन कम हुन्छ” । साथै उनले सरकारले शक्तिको भरमा पार्किङ हटाएको समेत बताएका छन्।
प्रतिक्रिया