काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
बिहीबारदेखि सानेपास्थित केन्द्रिय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ः०० बजे बस्न लागेको हो ।
आजको बैठकमा धारणा राख्न बाँकी केन्द्रिय सदस्यहरूले आ-आफ्नो भनाइ राख्नेछन् ।
बिहीबारको बैठकमा पार्टीका महामन्त्री गगन थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया