मलंगवामा दुई समुदायबीच फेरि झडप, रातिदेखि अनिश्चितकालिन कर्फ्यु

मलंगवामा दुई समुदायबीच फेरि झडप, रातिदेखि अनिश्चितकालिन कर्फ्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न बिवादको कारण बिहीबार रातिदेखि मलंगवाको अवस्था फेरि तनावग्रस्त बनेको छ।   

दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले  बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन काटेर त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो ।

त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

तीन साता अघि कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा मलंगवा नगरपालिका-३ को जुन ठाउँमा तोडफोड र आगजनीका घटना भएका थिए, सोही ठाउँमा हिजो फेरि गणेशको मूर्ति विसर्जन गर्ने नाममा एउटा उच्छृंखल समूहले नियोजित रुपमा विवाद सिर्जना गरी हिन्दु मुस्लिम साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेको स्थानीय प्रशासनले जनाएको छ।

Recent Comments

No comments to show.