डिशहोम फाइबर नेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’ अफर

डिशहोम फाइबर नेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’ अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामडौं । डिशहोम फाइबर नेटले ‘कनेक्सनको दोब्बर उत्सव’ अफर सुरु गरेको छ । कम्पनीले नजिकिँदै गरेको चाडवाडलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन् ।

अफर अन्तर्गत ग्राहकले सुलभ मूल्यमा डिशहोम फाइबर नेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको विश्वास छ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नका लागि सधै तत्पर रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले बजेटअनुसारको इन्टरनेट र टीभी प्याकेज छानीछानी लिन पाउने र अन्य सेवाप्रदायकको भन्दा छिटोछरितो र उत्कृष्ट सेवाका कारण डिशहोम फाइबर नेट लोकप्रिय इन्टरनेट सेवाप्रदायक बन्न सफल भएको कम्पनीको दाबी छ ।

Recent Comments

No comments to show.