पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेच्न तथा खान रोक

पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेच्न तथा खान रोक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर आसपास क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

आइतवारएक सूचना जारी गर्दै जिल्ला प्रशासनले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका जितका अवसरमा पाशुपत क्षेत्रमा रक्सी र मासु बेच्न र खान प्रतिबन्ध लगाएको हो । 

 काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Recent Comments

No comments to show.