न्यूयोर्क लागे प्रधानमन्त्री ‘प्रचण्ड’, उतैबाट चीन जाने

न्यूयोर्क लागे प्रधानमन्त्री ‘प्रचण्ड’, उतैबाट चीन जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका छन् । 

न्यूयोर्कमा रहदा सेप्टेम्बर १७ देखि २१ सम्म हुने महासभाका निर्धारित कार्यक्रमका साथै विभिन्न साइडलाईन बैठकमा सहभागी  हुनेछन् ।  सेप्टेम्बर २३ देखि मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा सहभागी बन्ने कार्यक्रम रहेको छ।  

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् । 

प्रधानमन्त्री दाहाललाई सभामुद देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले बिदाइ गरेका थिए।

Recent Comments

No comments to show.