उपत्यकामा जोर विजोर नियममा थप कडाई

उपत्यकामा जोर विजोर नियममा थप कडाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । 

जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ । 

सोमबार मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५भाडाकार (ट्याक्सी) र ३१९ वटा साना तथा ठूला सवारी गरी जम्मा २३४५ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन ।

ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताएका छन।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने ४१,५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्यााएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेकसवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

Recent Comments

No comments to show.