काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेनावी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया