यी ४० जना कर्मचारीले पाए यस वर्षको निजामती सेवा पुरस्कार

यी ४० जना कर्मचारीले पाए यस वर्षको निजामती सेवा पुरस्कार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा सरकारले  ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०८० का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।

पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जना निजामती सेवा पुरस्कारबाट सम्मानित हुनेछ । 

एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो । 

तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन । निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।

Recent Comments

No comments to show.