भारतमा हुने जी २० सम्मेलनको पाहुना बोक्न नेपाली गाडी भाडामा लगियो

भारतमा हुने जी २० सम्मेलनको पाहुना बोक्न नेपाली गाडी भाडामा लगियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने जी २० सम्मेलनका लागि नेपालबाट ४० वटा जम्बो हाइस भाडामा लगिएको छ। सम्मेलनमा सहभागी हुने अतिथिलाई ओसारपसार गर्ने प्रयोजनका लागि यी गाडीहरू नयाँदिल्ली लगिएको हो।

विभिन्न ट्राभल एजेन्सीका ४० गाडीलाई भारत जान परमिट (अनुमति) दिइएको  गाडी भाडामा लैजानका लागि समन्वयको जिम्मेवारी भने केटीसी इन्डियाले गरेको छ। केटीसी इन्डिया गाडी भाडामा लगाउने कम्पनी हो। भारतमा टोयटाको जम्बो हाइस जस्ता गाडी कमै मात्रामा उपलब्ध हुने भएकाले नेपालबाट लगिएको कम्पनीले जनाएको छ।

सम्मेलन सेप्टेम्बर ९ र १० मा नयाँदिल्लीमा हुँदैछ। जी २० मा भारत, चीन, अमेरिका, जापानलगायत विश्वका शक्तिशाली मुलुकहरू छन्। ती गाडीहरू नेपालका विभिन्न ट्राभल एजेन्सीहरूसँग समन्वय गरी भारत लगिएको हो।

नेपालमा पनि यस्ता सम्मेलन हुँदा भारतबाट भाडामा गाडी ल्याउने चलन छ। काठमाडौँमा सन् २०१४ नोभेम्बारमा भएको सार्कको अठारौँ शिखर सम्मेलन पनि अतिथिहरू ओसारपसार गर्न भारतबाट भाडामा गाडी ल्याइएको थियो। 

यसरी भाडामा गाडी ल्याएको थाहा पाएपछि कतारले नौवटा मर्सिडिज बेन्ज गाडी परराष्ट्र मन्त्रालयलाई अनुदानमा दिएको थियो। त्यसपछि सन् २०१८ मा काठमाडौँमा भएको बिमस्टेक सम्मेलनमा भने गाडी भाडामा लिनु परेको थिएन।

Recent Comments

No comments to show.