बंगलादेश एसिया कपको सुपर फोरमा प्रवेश

बंगलादेश एसिया कपको सुपर फोरमा प्रवेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप–२०२३ को सुपर फोरमा प्रवेश गरेको छ ।  आइतबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको ३३५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनायो । 

अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान हस्मतुल्लाह साहिदीले ५१ रन थपे । रहमत साहले ३३, राशिद खानले २४, नजिबुल्लाह जद्रानले १७ र गुलबदिन नैबले १५ रन बनाए । 

बंगलादेशका तक्सिन अहमेदले चार विकेट लिए ।  जितसँगै दुई खेलबाट दुई अंकसहित बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । अफगानिस्तानको भने प्रतियोगितामा यो पहिलो खेल हो । 

Recent Comments

No comments to show.