प्रतिकित्ता ५० रुपैयाँमा आइपिओ जारी गर्दै हाथवे इन्भेष्टमेन्ट

प्रतिकित्ता ५० रुपैयाँमा आइपिओ जारी गर्दै हाथवे इन्भेष्टमेन्ट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले साउन ४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित दरले आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उत्तः आइपीओमा भदौ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

Recent Comments

No comments to show.