भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जना प्रहरी नियन्त्रणमा, केही अझै फरार

भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जना प्रहरी नियन्त्रणमा, केही अझै फरार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेकामध्ये १७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न कसुरमा मुछिएर सुधार गृहमा रहेकामध्ये ५१ जना फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । लाठी र भालासहित ढोका फोडेर निस्किएका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए।

परिसरका अनुसार सुधार गृहबाट भागेकामध्ये काठमाडौं प्रहरीले ८७ र भक्तपुर प्रहरीले ८३ जलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छन् ।

सुधार गृहमा २९७ जना बालबालिका रहेका थिए । जसमध्ये ७६ जना भागेका थिएनन् । त्यसमध्ये पनि ५ जना उपचारमा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.