काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, २ अर्ब लागत घट्ने

काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, २ अर्ब लागत घट्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ तराई–मधेश द्रुतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डीपीआर संशोधनको निर्णय गरेको हो ।

लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

झण्डै रु २ अर्ब २करोड लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुवै घट्यो ।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । रु २ खर्ब १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकामा संशोधनपछि रु २ खर्ब ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । ’

डीपीआर संशोधन भएसँगै आयोजनामा सुरुङमार्ग समेत थपिने भएका छन् । आयोजना अन्तर्गत हाल ३ वटा सुरुङमार्ग निर्माण भइरहेको छ भने अब थप ३ वटा निर्माण हुने जनाइएको छ ।

काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए ।

Recent Comments

No comments to show.