काठमाडौं । ‘नक्कली डाक्टर’विरुद्धको अपरेशनका क्रममा पक्राउ परेका ‘सक्कली’ डाक्टर बारा घर भएका रञ्जित कुमार यादव सीआईबीको थुनाबाट मुक्त भएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार साँझ यादवलाई थुनामुक्त गरेको हो।
एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो।
जसक्रममा साउन २५ गते नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य समेत रहेका मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ परेका थिए। सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये प्रतिनिधि सभा सदस्य शर्मा बाहेक अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप अनुमति दिएको थियो।
प्रतिक्रिया