नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.८१ अंकले बढेर २०८०.०५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७१ कम्पनीको ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ ।

नेप्सेमा सूचिकृत भई दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन नै घोराही सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गरेको घोराही सिमेन्टको शेयर पहिलो कारोबारको दिन नै ९.९९ प्रतिशले घटेको छ ।

आइतबारबाट दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको पहिलो कारोबार ५६५.५ रुपैयाँमा खुलेको थियो। तर बजारमा बिक्री चाप बढ्दा कम्पनीको शेयर मूल्य घटेर ५०९ रुपैयाँसम्म कारोबार भएको छ।

घोराही सिमेन्टसँगै कारोबारमा आएको थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्सको प्रमोटर सर्वाधिक कारोबार भएको छ । यसको साढे ५८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र माउन्टेन इनर्जीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

Recent Comments

No comments to show.