नागरिक लगानी कोषको नाफामा उल्लेख्य सुधार

नागरिक लगानी कोषको नाफामा उल्लेख्य सुधार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोषको नाफामा उल्लेख्य सुधार आएको छ । कोषले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपष्किृत वित्तीय विवरण अनुसार खुद नाफा ३६.७४ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड ३९ लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेर ४० करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सेवा तथा कमिसन आम्दानी १०.४९ प्रतिशत बढेर १ अर्ब ३७ करोड र कुल आम्दानी ११.३० प्रतिशत बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कोषले १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । हाल ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषको आकार १६.७८ प्रतिशत बढेर २२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.२२ रुपैयाँ घटेर १७.०८ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ छ।

Recent Comments

No comments to show.