सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । कांग्रेस सांसद अजयबाजु सिवाकोटीले पनि शर्मा पक्राउ परेको पुष्टि गरेका छन्।

कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् । शर्मा मोरङबाट प्रत्यक्षमा निर्वाचित सांसद हुन्

शर्मा पक्राउ परेपछि सिवाकोटीले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

शर्माको पक्राउमा उनका पछिल्ला अभिव्यक्ति र सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागसँग सम्बन्धित नरहेको स्रोतको दाबी छ ।

‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्?,’ उनले प्रश्न गरेका छन्।

Recent Comments

No comments to show.