विद्युत् प्राधिकरणकाे नाफा १ अर्ब ४ कराेडले घट्याे, संचित नाफा ३६ अर्ब

विद्युत् प्राधिकरणकाे नाफा १ अर्ब ४ कराेडले घट्याे, संचित नाफा ३६ अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक वर्ष २०८९/८० मा नेपाल विद्युत प्राधिकरणले कुल १२ अर्ब ३३ कराेड रूपैयाँ नाफा कमाएकाे छ।

अपरिष्कृत वित्तीय विवरण अनुसार प्राधिकरणकाे नाफा अघिल्लाे वर्षकाे तुलनामा १ अर्ब ४ कराेड रूपैयाँले घटेकाे हाे।

आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले वर्ष १३ अर्ब ३७ कराेड रूपैयाँ नाफा कमाएकाे थियाे । प्राधिकरणले दुई वर्षअघि आव २०७७/७८ मा ६ अर्ब १० कराेड रूपैयाँ कमाएकाे थियाे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकारसम्मन गर्दै गत वर्ष विद्युत उत्पादन घटेकाे र माग बढेकाले आयात गर्नुपर्दा नाफा प्रभावित भएकाे बताए ।

`गत वर्ष सुख्खायामकाे समय बढेर खाेला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूकाे उत्पादन क्षमतामा ह्रास आउँदा र आन्तरिक माग बढ्दा आयात गरेर पूर्ति गर्नुपर्ने भएकाले केही नाफा प्रभावित भएकाे हाे,´ उनले भने ।

प्राधिकरणले विद्युत विक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकामा अहिले बढेर १ खर्ब १८ कराेड पुगेकाे उनले जानकारी दिए । प्राधिकरणकाे संचिति नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ कराेड रूपैयाँ पुगेकाे छ ।

Recent Comments

No comments to show.