विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अत्यधिक रुपमा फैलिँदै गरेको  कोरोना भाइरसको  संक्रमण लिएरु विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । 

कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको छ । चीनमा कोरोना भाइरसका कारणा २१३ जनाको मृत्यु भइसकेको छ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओ का प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक कम्तिमा १८ देशमा पुगेको छ । नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहितका देशमा पनि संक्रमण भेटिएको छ ।

Recent Comments

No comments to show.