भन्सार जाँचमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

भन्सार जाँचमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन्।

वीरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइमा गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।

उनले भने,‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नुपर्छ । ’

मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठूलाे भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे ।

‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढी हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत वीरजंगको दुई वटा कार्यालय मार्फत प्राप्त हुन्छ,’ उनले भने,‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुई वटा कार्यालयलाई छ । वस्तु बजारमा आएको छैन भने ठिक छ तर आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ ।’

Recent Comments

No comments to show.