अर्थमन्त्री महतलाई शिक्षक महासंघको ध्यानाकर्षण

अर्थमन्त्री महतलाई शिक्षक महासंघको ध्यानाकर्षण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले आज भेटवार्ता गरी शैक्षिक सवाल र पेसागत हकहितका विषयमा ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको सो भेटमा महासंघले आफूहरुका माग र विगतमा भएको सहमतिका आधारमा संघीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवा सुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएका छन् ।

सो अवसरमा मन्त्री डा.महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिएको भेटमा सहभागी महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

सो अवसरमा महासंघका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागिता रहेको थियो ।

Recent Comments

No comments to show.