एक लाख घुससहित प्रहरी हवल्दार पक्राउ

एक लाख घुससहित प्रहरी हवल्दार पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो। सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन्।

कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ड नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो।

Recent Comments

No comments to show.