सीतापाइलामा बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार, ५१ वर्षीय पुरुष पक्राउ

सीतापाइलामा बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार, ५१ वर्षीय पुरुष पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीतापाइलामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

महर्जनले ती बालिकालाई सितापाइलामा पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर जबरजस्ती करणी गरेको आरोप छ । सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले महर्जनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो। बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो। 

प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

Recent Comments

No comments to show.