सभापतिज्यू ! पदाधिकारी साथीहरुले योगदान हेर्दैनन्, पुस्ताको कुरा गर्छन् राजीनामा दिउँ त ?

सभापतिज्यू ! पदाधिकारी साथीहरुले योगदान हेर्दैनन्, पुस्ताको कुरा गर्छन् राजीनामा दिउँ त ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले पार्टीभित्र पुस्तान्तरणको विषय उठ्ने गरेको बताएका छन्।  शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले पुस्तान्तरणको विषय उठाएका हुन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतले पुस्तान्तरणको कुरा उठान गरिरहेको उनको भनाइ थियो।

‘पदाधिकारी साथीहरूबाट सुन्ने गर्छु पुस्ताको कुरा, बहुदलीय व्यवस्थामा पुस्ता भन्ने हुँदैन,’ उनले भने, ‘उमेर होइन, योगदान र भूमिकाले हेर्नुपर्छ। काम गर्न सक्नेलाई ध्यान दिनुपर्छ।’

खड्काले यति बोलेपछि सभापति देउवाले महामन्त्रीहरूले पनि सुन्नुभएकै छ भनेका थिए।

यसपछि खड्काले भने, ‘पुस्ताका कुरा गर्दा म पनि परेँ, के राजीनामा दिउँ त? अहिले छाडौं?’ उनले पुस्तान्तरणका कुराले खारिएका नेताहरूले केही गर्न सक्दैनन् भन्ने भाष्य बनिरहेकोतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए।

खड्काले पार्टीभित्र चुनावबाट पदाधिकारी र केन्द्रीय सदस्य आउने प्रणाली सफल नभएको पनि दाबी गरेका थिए। उनले मनोनीततर्फ जोड दिएका छन्।

Recent Comments

No comments to show.