अध्यागमनकी कर्णलाई हदै सम्मको कारवाही गर्न व्युटिसियन संघको माग

अध्यागमनकी कर्णलाई हदै सम्मको कारवाही गर्न व्युटिसियन संघको माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल व्युटिसियन संघले नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत बन्दना कर्णले फेसीयल हाउसकी संचालक सुष्मा महरालाई फसाउने नियतले प्रहरीलाई दवाब दिदै आएको भन्दै पदको दुरुपयोग गरेकाले उनलाई कानुन बमोजिम हदैसम्मको कार्वाही गर्न माग गरेको छ ।

व्युटिसियन संघले विज्ञप्ती जारी गर्दै कर्णले सुनुयोजित रुपमा षडयन्त्र गरेको उल्लेख गरेको छ ।

संघकी महासचिव शशि शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रकृया पुरा गरि कानून बमोजिम ब्यूटीसियन ब्यवसाय संचालन गरि आएकी संघकी आजिवन सदस्य सुष्मा महरालाई सुनियोजित रुपमा दुख हैरानी दिई निजको पेशा ब्यवसाय संचालन नै बन्द गराउनका लागि राज्य शक्तिको चरम दुरुपयोग गरि बन्दना कर्णले गैरकानूनी कृयाकलाप गरेकाले सोलाई अविलम्व रोक्न माग गरेको छ ।

संघले कानून हातमा लिने कार्य गरेकाले बन्दना कर्णलाई तत्कालै निलम्वन गरि पदिय आचरणको दुरुपयोगको कार्यमा कानून बमोजिमको हदै सम्मको कारवाही गर्न पनि माग गरेको छ । संघमा आवद्द सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा ब्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाईदिन समेत सम्वन्धीत सरोकारवाला पक्षहरुसमक्ष संघले जोडदार माग गरेको छ ।

संघद्वारा प्रेषित विज्ञप्तीमा थप भनिएको छ ‘यस संघमा आजिवन सदस्यको रुपमा आवद्ध रहनु भएका फेसियल हाउस प्रा।लि।का संचालक सुष्मा महराज्यूलाई विगत केही दिन पहिला निजको काठमाडौंको के।एल।टावर स्थित रहेको फेसीयल हाउसमा सेवा लिन भनी आएका नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णले फेसीयल हायसमा खुला रुपमा राखिएको सीसीटीभीकाे हवाला दिई उक्त सि।सि।टि।भि।ले निजको ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशलामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा निज बन्दना कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसार, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा हाम्रो यस संघका आजिवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरी मार्फत तत्कालै प्रक्राउ गरि गैर कानूनी रुपमा थुनामा राख्नका लागि जोडवल गरि आएको कुरा थाहा जानकारी हुन आएकोले यस गैरकानूनी कार्य प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ’ ।

Recent Comments

No comments to show.