विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई सम्पन्न

विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौता सम्वन्धी सर्वाजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ ।

१३९.२ मेगावाटको तल्लो मनाङ मस्याङ्दी आयोजना, १०२ मेगावाटको माथिल्लो मस्याङ्दी जलविद्युत आयोजना १ र १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण सम्वन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

विभिन्न ३ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेस भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । विद्युत नियमन आयोग सानोगौचरण काठमाडौंमा कार्यक्रम भएको हो ।

आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले कुनै पनि विवादमा नफसी काम गर्नुपर्ने तथा समयमै सम्पन्न गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रबद्र्धक कंपनीका तर्फबाट उपाध्यक्ष आनन्द चौधरीले २२ करोड १३ करोड सिसिके पावर कम्पनीको शतप्रतिशत लगानीमा आयोजना निर्माण हुने जानकारी दिदै} एफडीआई स्वीकृत भैसकेको, १३८ मेगावाट उत्पादन गर्ने भनिएकोमा झारेर १०२ मेगावाट लक्षित गरिएको जानकारी दिए। साथै उनले लम्जुङ जिल्ला स्थित मर्स्याङदी गाउँपालिकामा निर्माण हुने उक्त आयोजना निर्माणमा नियमित १५०० जनशक्ती प्रयोग हुने र ६० प्रतिशत स्थानिय समावेश गर्ने योजना बारे जानकारी दिदैँ २०० भन्दा बढीको उपस्थितीमा पावर हाउस क्षेत्रमा सार्वजनिक सुनुवाइ भएको जानकारी दिए ।

३२ अर्ब लागत हुने आयोजनाको पावर हाउस बाहुन डाडामा रहने छ । आयोजनाको प्रति युनिट विद्युत खरिद दर पिक आवरमा ८ दशमलव ४० र सुख्खायाममा ४ दशमलव ८० रुपैया रहने प्रस्ताव गरिएको छ ।

सार्वजनिक सुनुवाईमा उपभोक्ता, उद्योगी व्यवसायी, स्थानीय बासिन्दा, स्थानीय तहका प्रतिनिधी लगायत सहभागि थिए ।

Recent Comments

No comments to show.