स्वस्थ र आकर्षक रहन गुणकारी दही, हेनुस् यस्ता छन् दही खानुको फाइदाहरु

स्वस्थ र आकर्षक रहन गुणकारी दही, हेनुस् यस्ता छन् दही खानुको फाइदाहरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दही र मोही कत्तिको खानुहुन्छ ? मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ। 

आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन।’ स्वादको हिसाबले मात्र नभई दहीमोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन्।

गर्मीको समयमा हामीलाई चिसो खानेकुरा खान मन लाग्छ । यस समयमा पिसाब पोल्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, खाना नरुच्ने जस्ता समस्याका कारण गर्मीमा प्राय चिसो र साधारण खानेकुरा मन पर्छन् । 

दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

साथै, दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ । दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ ।

दही कहिले, किन र कसरी खाने ?

दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।

यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि । अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।

यस्ता छन् दही खानुका फाइदाहरु

– मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।

– नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।

– तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ ।

– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।

– दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।

– हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा पु¥याउँछ ।

– दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।

– दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।

– दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।

–दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।

–अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।

–दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।

–दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।

–पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ ।

दहीसँग खानुहुँदैन यी ५ खानेकुरा

दही खान नरुचाउने कमै हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ । 

प्याज – दहीमा प्याज हालेर खानुहुँदैन । दहीले शरीरभित्र चिसो लाग्छ भने प्याजले शरीरमा गर्मी पैदा गर्छ । यी दुई मिसाएर खाँदा शरीरलाई नोक्सान पुर्याउँछ । यसले छालामा एलर्जी, र्याशेज जस्ता समस्या पैदा गराउँछ । 

माछा – दही र माछा एकसाथ खानुहुँदैन । दही र माछा दुवै प्रोटिनको स्रोत हो । यो दुवै मिसाएर खाँदा पेटमा समस्या हुनसक्छ । दही दूधबाट बन्छ भने माछा मामंशाहारी खाना हो । यसले पेटमा विभिन्न समस्या पैदा गर्छ । 

आँप – दहीमा आँप काटेर हालेर खाने गरिन्छ । तर, यो उति नै बेफाइदाजनक हुन्छ । यसले शरीरमा चिसो र गर्मी एकसाथ पैदा गराउँछ । जसले छालासँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

मासको दाल– आयुर्वेदले दहीसँगसँगै दाल नखान सुझाएका छन् । दालसँग दही खाँदा पेटसँग जोडिएका समस्याहरु पैदा गराउँछ । 

दूध – दूध र दही एकसाथ खान हुँदैन । दूध र दही एकसाथ खाँदा एसीडिटीसँग र ग्यास जस्ता समस्या पैदा हुन्छ । 

तेलयुक्त पदार्थ – पराठासँग दही खाँदा बेफाइदा हुन्छ । तेलयुक्त खानेकुरा खाँदा शरीरमा निकै बेफाइदाजनक हुन्छ । आलस्य बनाउँछ।

दही राती सेवन गर्न नहुने कारणहरू 

– राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ ।

– राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ ।

यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ । वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि,

–शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।

–घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ ।

–हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा । तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।

Recent Comments

No comments to show.