शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता

शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् ।

जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले मंगलवार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे । 

वडाका वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको आवश्यक कागजात सहितको सिफारिस तयार गरेसँगै उनलाई सीडीओ थापा, सहायक सीडीओ बेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा सहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

शारीरिक रूपमा पूर्ण अशक्त भएका रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तावापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको सीडीओ थापाले बताए । 

शारीरिक रूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उनले बताए ।

नागकिरता प्राप्त भएपछि खुशी भएका सन्तोषीका बुवा तोयबहादुरले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको बताए ।

 ‘राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्न समेत पुग्दैन,’ उनले गुनासो गरे, ‘छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ । एक जना हेरालु खटिनुपर्छ । दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो ।’

Recent Comments

No comments to show.