शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३  विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार  २७५ कम्पनीको ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । 

अघिल्लो दिनको तुलनामा कारोबार दोब्बरले बढेको छ ।  त्यसदिन ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१  रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढेको छ ।  

 कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ । 

Recent Comments

No comments to show.