आन्तरिक हवाई भाडा घट्यो कहाँको कति पुग्यो, हेर्नुहोस सूचीसहित

आन्तरिक हवाई भाडा घट्यो कहाँको कति पुग्यो, हेर्नुहोस सूचीसहित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको हो ।

सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ। योसँगै काठमाडौं-धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ।

यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो भने सबैभन्दा कम काठमाडौं-सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घट्न पुगेको छ।

यसअघि काठमाडौं-सिमरा चार्ज एक हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै एक हजार ३५० रुपैयाँ कायम भएको छ। मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै हवाई भाडा समेत समायोजन भएको हो।

Recent Comments

No comments to show.