नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ : मन्त्री किराँती

नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ : मन्त्री किराँती

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए। उनले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरूलाई पोखरा आह्वान गरे। उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए। उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए।

‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदी बहिनी, दाजुभाईलाई निम्तो गर्दछौँ। नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ। पोखराबाट सिधै भारतको विभिन्न शहरहरूमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको छ। पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा हामील उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जान्छ’, उनले भने, ‘इतिहासमा पनि पोखरा भारत, नेपाल र चीनको व्यापारिक ठूलो नाका थियो। नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाईमा बढीरहेको छ। प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ। कोशेढुंगा सावित भएको छ सम्बन्धमा।’

मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए।

Recent Comments

No comments to show.