त्रिभुवन विमानस्थलमा विद्युतीय सटल बस सञ्चालनमा

त्रिभुवन विमानस्थलमा विद्युतीय सटल बस सञ्चालनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो ।

सो गाडी हटाएर शुक्रबारदेखि विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार यो सेवा निःशुल्क उपलब्ध हुनेछ ।

आन्तरिक उडानका जहाजबाट झरेका यात्रु गोल्डेन गेटसम्म आउन तथा अन्तर्राष्ट्रिय उडानबाट आएर आन्तरिक उडानका जहाज चढ्न जाने यात्रुलाई समेत यो सेवाले लाभान्वित गराउने छ । सार्वजनिक सवारी साधन चढेर आउने हवाई यात्रुले पनि यही बस चढेर आन्तरिक टर्मिनलसम्म पुग्न सक्नेछन् । अहिले दुई वटा सटल बस सञ्चालनमा ल्याइएको छ ।

Recent Comments

No comments to show.