प्रेस युनियन ललितपुर अध्यक्षमा केदार नाथ दाहाल

प्रेस युनियन ललितपुर अध्यक्षमा केदार नाथ दाहाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर। नेपाल प्रेस युनियन ललितपुरको अध्यक्षमा केदार नाथ दाहाल सर्वसम्मत चयन भएका छन् । शनिबार  सम्पन्न ७ औं अधिवेशनले  अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा रुपकृष्ण कर्माचार्य, गोमा पाण्डे,  लक्ष्मी अधिकारी,सचिवमा काजिमान खड्का,सहसचिपमा विनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङलाई चयन गरेको छ । 

यसैगरी कार्यसमिति सदस्यहरुमा रञ्जित धमला,अनिशा विष्ट,शनिराज शाक्य,राजकुमार थिङ,अर्चना झा ,अमरदिप श्रेष्ठ र  सुनिता विश्वकर्मा निर्विरोध निर्वाचित भएको  नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य माधव प्रसाद घिमिरेले  जानकारी दिए।

अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नहकुल अर्याल, नेपाल प्रेस युनियनको उपत्यका कार्यसमितिका अध्यक्ष लीलाराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र ३० भन्दा बढि जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् ।

Recent Comments

No comments to show.