टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा

टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बनमा परेको छ।

सांसद पुर्पक्षका लागि थुनामा गए निलम्बन हुने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ ले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये रायमाझीसहित १६ जनालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

अदालतले टंक गुरुङलाई १० लाख रुपैयाँ र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा रिहा गरेको छ।

Recent Comments

No comments to show.