राजीव ढुंगाना बने नेविसंघका अध्यक्ष

राजीव ढुंगाना बने नेविसंघका अध्यक्ष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

३२ वर्षे उमेर हद लागू गर्न मागसहित सानेपामा आमरण चलिरहेका बेला कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ वर्षीय राजीव ढुंगानालाई भातृ संगठन नेविसंघको अध्यक्षमा मनोनित गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाले ढुंगानाको अध्यक्षतामा २ महामन्त्रीसहितको तदर्थ समिति गठन गरेका हुन्।

तदर्थ समितिको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर ९पाल्पा० चयन भएका छन्। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको भ्रातृ संस्था नेविसंघको तदर्थ समितिलाई ६ महिनाभित्र १२ औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने म्यान्डेट दिइएको छ।

पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै तदर्थ कार्यसमितिमा रहेकाहरुले आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन नपाउने जनाएको छ। केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले मात्र आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउने विज्ञप्तिमा उल्लेख छ।

संघको तदर्थ समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

Recent Comments

No comments to show.