काठमाडौंमा ठूला जहाज अवतरण रोकियो,कतार एयरको जहाज तीन घण्टादेखि आकाशमै

काठमाडौंमा ठूला जहाज अवतरण रोकियो,कतार एयरको जहाज तीन घण्टादेखि आकाशमै

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि जहाज अवतरणको लागि समस्या परेको छ । उपकरण बिग्रेको भन्दै त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई आकाशमा होल्ड गराएर राखिएको छ । सो क्रममा कतारको राजधानी दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले २९ फन्को मार्दा समेत अवतरण गर्न सकेको छैन ।

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने उपकरण बिग्रदा थाईल्याण्ड, भुटान, कतार र साउदीअरेबियाबाट आएका जहाजहरु अवतरण गर्न पाएका छैनन् । अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरु अवतरण गर्न नपाउँदा जहाज कम्पनीले प्रतिघण्टा १० लाख रुपैयाभन्दा बढि क्षति व्यहोर्नुपर्छ ।

जहाजहरु तीन घण्टादेखि अवतरण गर्न सकेका छैनन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जहाजहरु अवतरणको क्रममा रहेको बताए । क्षेत्रीले विमानस्थलमा के समस्या आएको भनेर बताउन चाहेनन् । यद्यपि एयर ट्राफिक कन्ट्रोलरका अनुसार दुरी मापन गर्ने सम्बन्धी स्याटेलाईटबाट चल्ने उपकरण भिएचएफमा समस्या आएको छ । सो समस्या आउँदा जहाजको मनिटरिङ गर्न सकिदैन ।

Recent Comments

No comments to show.