बैंकको साढे १० खर्ब लगानी कुन उद्योगमा कति ?

बैंकको साढे १० खर्ब लगानी कुन उद्योगमा कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा २.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षलाई आधार बनाएर गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७.१ प्रतिशतले वृद्धि भई १० खर्ब ४४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा औद्योगिक कर्जा २५ प्रतिशतले बढेको थियो ।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ७९।४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम निर्माण सम्बन्धी उद्योगमा २१.० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी उत्पादन उद्योगमा २६.४ प्रतिशत, विद्युत, ग्यास र पानी उद्योगमा ३७।४ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा २२।५ प्रतिशत र पर्यटन उद्योग–सेवा सम्बन्धी उद्योगमा ३५।३ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ ।

औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा ०.८ प्रतिशत, उत्पादन सम्बन्धी उद्योगमा ४४.५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २८।१ प्रतिशत, विद्युत, ग्यास र पानी सम्बन्धी उद्योगमा ११.४ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ३।६ प्रतिशत र पर्यटन उद्योग, सेवा सम्बन्धी उद्योगमा ११.६ प्रतिशत प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

औद्योगिक कर्जामध्ये काठमाडौं क्षेत्रको अंश ५९.६ प्रतिशत, विराटनगर क्षेत्रको ११.२ प्रतिशत, जनकपुर क्षेत्रको २.० प्रतिशत, वीरगञ्ज क्षेत्रको ९.६ प्रतिशत, पोखरा क्षेत्रको ५.४ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको ७.३ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ३.० प्रतिशत र धनगढी क्षेत्रको १.८ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

Recent Comments

No comments to show.