चाँदी नदीमा स्काभेटर प्रयोग गर्न चन्द्रपुर नगरपालिकाले दियो अनुमति

चाँदी नदीमा स्काभेटर प्रयोग गर्न चन्द्रपुर नगरपालिकाले दियो अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । राष्ट्रिय गौरवको योजनाको नाममा चन्द्रपुर नगरपालिकाले क्रसर संचालकलाई मनोमानी रुपमा खोला उत्खनन गर्न अनुमति दिएको छ। आश्रय निर्माण सेवालाई चाँदी खोला उत्खनन गर्न १० लाख रूपैयाँमा अनुमति दिएको हो।

पालिकाले अर्को एउटा कन्ट्रक्सनलाई बाग्मती उत्खनन गर्न पनि अनुमति दिएको छ। स्काभेटर प्रयोग गरेर चाँदीमा उत्खनन गर्न अनुमति दिएपछि चन्द्रपुर नगरपालिकाको चौतर्फी आलोचना हुन थालेको छ।

यही जेठ दोस्रो साताबाट बाग्मती र चाँदीमा स्काभेटर प्रयोग गरेर धमाधम नदीजन्य पदार्थ निकालेर तीव्र दोहन भइरहेको स्थानीयहरु बताउँछन्। 

कुनै पनि पालिकाले टेण्डर अह्वान गरेर ठेक्का लगाएर नदीजन्य वस्तु निकाल्न दिने प्रावधान छ तर चन्द्रपुर नगरपालिकाले मानेमानी रुपले हचुवाको भरमा स्काभेटर प्रयोग गरेर आश्रय निर्माण सेवालाई उत्खनन गर्न दिएको स्थानीयले बताएका छन्।

चन्द्रपुर नगरपालिका प्रमुख संजयकुमार काफ्लेले राष्ट्रिय गौरवको योजनाको नाममा मनोमानी ढंगले नदीनाला बेचेको आरोप स्थानीयको छ।

नगर प्रमुख काफ्लेले आश्रय निर्माण सेवालाई ४ सय टिपर गिटी उत्खननको अनुमति दिइएको बताए। आश्रय निर्माण सेवाले चाँदी उत्खननका लागि १० लाख रुपैयाँ र बाग्मतीका लागि रेलवे ठेकेदारले ७५ लाख रुपैयाँ नगरपालिकामा जम्मा गरेको नगर प्रमुख काफ्ले बताउँछन्।

चुरे क्षेत्रमा उत्खनन गर्नु अवैध रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

कार्यालय प्रमुख सुनीलकुमार कर्णले पालिकाले चुरे क्षेत्रमा कुनै व्यक्तिलाई उत्खननको अनुमति दिन नमिल्ने र चन्द्रपुर नगरपालिकाले दिएको अनुमति तथा भइरहेको उत्खनन अवैध रहेको बताए।

उनले चुरे क्षेत्रमा उत्खनन गर्नु नियमविपरीत भएको बताउँदै चुरे क्षेत्रमा जथाभावी उत्खनन गर्दा ठूलो समस्या निम्तिने चेतावनी पनि दिएका छन्। 

Recent Comments

No comments to show.