नेपाली भूमि फिर्ता लिनेबारे भारत भ्रमणमा छलफल हुन्छ : प्रधानमन्त्री

नेपाली भूमि फिर्ता लिनेबारे भारत भ्रमणमा छलफल हुन्छ : प्रधानमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका वेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन्।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिबद्धता थियो। शनिबार सांसदहरूले सोधेका स्पष्टीकरणबारे जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे। उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने दाबी गरे।

प्रधानमन्त्री दाहालले भने, ‘सार्क बैठकका बारेमा छलफल चलिराखेको छ। यो विषयमा मेरो गम्भीर रूपले ध्यान छ। यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन्।’

यसैगरी नेपालले अर्को हवाई रुट पाउने सम्भावना भएको उनले बताए। प्रधानमन्त्री दाहालले २ वर्षभित्र भूमि सम्बन्धी समस्या समाधान गर्ने आश्वासन पनि दिए।

धर्मान्तरणबारे गम्भीर ध्यानाकर्षण भएको र अमेरिका सरकारलाई पत्र पठाइसकेको उनले जानकारी दिए।

उनले भने‚ ‘चुरे दोहन तथा तराईको मरुभूमीकरणबारे सबै सजग छौँ। यसबारे त्रिविले अध्ययन गरेको छ।’ यसले गिट्टी बालुवाको व्यवस्थापन गर्न सुझाव दिएको छ। अर्बौंको गिट्टी बालुवा बगेर भारत जाने र त्यसले जग्गामा मरुभूमीकरण हुने गरेको प्रधानमन्त्रीले बताए।

विदेशमा जाने नेपालीलाई रोक्न छोटो तालिम दिई स्वदेशमै रोक्नका लागि हामीले सबै स्थानीय क्षेत्रमा यो काम लागू गरेको उनको कथन छ।

यो वर्ष रासायनिक मलको समस्या हुन नदिनेमा तयारी गरेको उनले दाबी गरे।

Recent Comments

No comments to show.