च्याम्पियन सिटीले चेल्सीलाई हरायो

च्याम्पियन सिटीले चेल्सीलाई हरायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको छ।

सिटीको जितमा जुलियन अल्भारेजले निर्णायक गोल गरे। अल्भारेजले खेलको १२ औं मिनेटमा गोल गरेका थिए। खेलको ७१ औं मिनेटमा अल्भारेजले गरेको दोस्रो गोलले भने मान्यता पाएन।

गोलअघिको फाउलको कारण भीएआरले उनको गोललाई मान्यता नदिएको हो। यस जितसँगै सिटीले ३६ खेलमा ८८ अंक जोडेको छ। सिटीले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। चेल्सी ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले लिड्स युनाईटेडलाई ३-१ ले हराएको छ भने ब्राइटनले  साउथह्याम्पटनलाई ३-१ ले नै हराएको छ।

Recent Comments

No comments to show.