बागमती सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

बागमती सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा मन्त्रालय फूटाएर भागबण्ड मिलाउँदै बाँकी सदस्य नियुक्ति गरेका हुन् ।

आइतवार नियुक्त भएका मन्त्रीहरुले प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

सत्तारुढ दलको बीचमा भागबन्डा मिलाउने क्रममा एउटा मन्त्रालय बढाइएको छ। मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो निर्णय नै मन्त्रालय घटाउने निर्णय गरेका शालिकराम जमरकट्टेल मन्त्रालयको सङ्ख्या ११ बाट एक थप्दै १२ बनाउन तयार भएका हुन्।

नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गरेका छन ।

नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् ।

यसअघि कांग्रेसबाट बहादुरसिँह र तीर्थबहादुर लामा मात्रै मन्त्री बनेका थिए। यो सँगै अब कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ र नेकपा एसबाट २ जना मन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल मुख्यमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन्।

Recent Comments

No comments to show.