नक्कली शरणार्थी प्रकरणमा समातिएका १६ जना थप तीन दिन हिरासतमा रहने

नक्कली शरणार्थी प्रकरणमा समातिएका १६ जना थप तीन दिन हिरासतमा रहने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई तीन दिनको म्याद थप भएको छ । प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । प्रहरीले ५ दिनकाे समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएकाे हाे ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बताइएको छ । ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले सकेसम्म आइतबार नै मुद्दाको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ।

सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेपछि उनीहरुको अदालतमा बयान अघि बढ्नेछ। त्यसपछि थुनछेक बहस सुरु हुन्छ।

जिल्ला अदालतले मुद्दाको फैसला गरुन्जेल उनीहरुलाई थुनामै राख्ने कि थुनाबाहिर राखेर फैसला गर्ने भन्ने आदेश दिनेछ।

संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन म्याद पाउँछ। चैत १२ गतेबाट प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

Recent Comments

No comments to show.