दुवै खुट्टा नभएका हरि बुढामगरले सगरमाथा आरोहरण गरेर राखे विश्व रेकर्ड

दुवै खुट्टा नभएका हरि बुढामगरले सगरमाथा आरोहरण गरेर राखे विश्व रेकर्ड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घुँडामाथिबाट दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका गरेका छन् ।

शनिवार कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्।

बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्।

Recent Comments

No comments to show.