भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको हो।

अहिले पनि घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ। स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहनेछ।

हालसम्म ४२ अर्ब ५२ करोड रुपैयाँ दायित्व बाँकी रहेको निगमले जनाएको छ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

Recent Comments

No comments to show.