यात्री बाइकको दर्ता आरम्भ,आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी

यात्री बाइकको दर्ता आरम्भ,आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालमै उत्पादन गरिरहेको  विद्युतीय मोटरसाइकल ‘यात्री’ अन्तत: कानुनी रूपमा दर्ता भएको छ। 

गत वैशाखमा यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी दर्ताको बाटो खुलेको हो।

यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ। यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी-१ मोटरसाइकल दर्ता भएको बताएको छ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।

यसअघि नेपालमा हुलास मोर्टसले बनाएका ‘मुस्ताङ’ लगायतका सवारीको च्याचिसलगायतका पार्ट विदेशबाट आयात गरी सोही प्रज्ञापनपत्र (एलसी)का आधारमा नेपालमा दर्ता हुन दिइएको थियो ।

गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्री निर्माण टिमलाई भेटेका थिए। भेटपछि उनले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका छन्।

Recent Comments

No comments to show.